निजगढ नगरपालिका वडा कार्यलयमा सचिबको अभाव हुँदा सेवाग्राही मर्कामा परेकाछन ।
पालिकाको वडा नम्बर २ र ३ मा एउटै वडा सचिब हिरालाल रानाले संयुक्त रुपा जसो-तसो गरेर वडा कार्यलय हेरिरहेका छन । यस अघि पनि उनले वडा नम्बर १,२ र ३ संयुक्त रुपमा हेर्दै आएका थिए तर वडाको सेवाग्राहीलाई समस्या परिपछि उनलाई २र ३ को जिम्बेवारी मात्र तोकियो । भनेको बेला सचिव नहुँदा केही समययता दुवै वडाको सेवा प्रभावित भएको छ ।
सचिबको र वडा अध्यक्षको जिम्बेवारी फरक रहेकाले सेवा ग्राहीलाई कि कुराउनु परेको कि फर्काउन परेको कि अन्य वडामा जहाँ सचिब छन तेहि आफुले पठाउनपर्ने वाध्यता रहेको वडा नं ३का अध्यक्ष गोकुल तिमल्सिनाले बताए ।
कार्यलयमा आलो पालो गरेर सेवा दिनुपर्दा आफुलाई त खासै समस्या नपरेको तर वडाका सेवा ग्राही भने कुन वडामा सचिब भेटिन्छन भन्ने पिर पर्ने गरेको सचिब राना बताउछन । एउटा वडामा बसेको वेला अन्य वडाका सेवाग्राहीले पटक-पटक फोन गरेर कता हुनुहुन्छको जवाफ फर्काउदा दिईरहेको सेवा समेत प्रभावित बनेको वडा सचिब हिरालाल रानाले बताउनुभयो ।
नागरिकताको लागी सिफारिस लिन आएका स्थानिय वडावासी टल्कु लामाका अनुसार केहि दिन अघि पनि आएर सचिब नभेटे फर्केको र पुन आउन परेको बताउछन ।
१३ वडा रहेको निजगढ नगरपालिकामा हाल वडासचिव ११जना भएको सुचना अधिकारी रविन घिमिरेले बताए । पुग्दो वडासचिव नहुँदा १ र ४को वडा जिम्बेवारी पनि सुभचन्द्र महतोलाई सचिवको जिम्मेवारी दिइएको घिमिरेले बताए । वडा नं४ र १को दुरी पनि अन्य वडा भन्दा फरक रहेकोले हाल सचिबले ३-३ दिन गरेर सेवा दिईरहेको सुचना अधिकारी घिमिरेले बताए ।
केहि वडामा विभिन्न क्षेत्रका कर्मचारी ४देखि ७ जना सम्म रहेको तर केहि वडामा भने मुस्किल्ले कार्यलय सहयोगी मात्र भेटिने हुनाले सेवाग्राही भने मारमा परेको देखिन्छ ।
यता नगरपालिकामा भने विभिन्न तह गरि ५७ जम्मा कर्मचारी छन । यतिका कर्मचारी नगरपालिकामा हुदै हुदै पनि नगरले कर्मचारीको उचित व्यवसथापन नगर्दा सेवाग्राही भने यता उता धाउदै दिन जाने गरेको छ । कहि दिन अघि मात्रै नगरले विभिन्न तह र क्षेत्रमा गरि १४ जना कर्मचारी आवश्यक रहेको विज्ञापन खुलाएको छ । नगरले छिटै कर्मचारी वडामा व्यवस्थापन गरे सेवाग्राहीले दुख झेल्न नपर्ने थियो ।
‘गाउँगाउँमा सिंहदरबार’को मूल मर्म नागरिकको घरदैलोमै सेवा पुर्याउनु हो अर्थात् प्रत्येक नागरिकले आफूले सरकारबाट पाउने सेवा सुविधाहरू छिटो, छरितो रूपमा पाउनेछन्। तर स्थानीय तहमा कर्मचारीको अभाव हुँदा नागरिकलाई सोचेजस्तो सेवा दिन नसकेको आभाष भएको छ।