वर्कशपमा भएको विस्फोटमा परी मृत्यु भएका भारतीय नागरिक राकेश जैसवालको शव अझै पनि आफन्तले बुझेका छैनन ।
अस्पतालमा उपचारको क्रममा भएको खर्च रकम बुझाउन नसकेपछि आफन्तले घर लगेर शवको सदगद गर्न नसकेका हुन । अस्पतालका अनुसार उनको उपचारमा ५ लाखभन्दा बढी खर्च भएको छ । शब बुझ्न भनेर पुगेका आफन्त अस्पतालले मागेको रकम बुझाउन नसकेपछि बिहीवार त्यसै घर फर्किएका थिए ।
भारतको विहारस्थित मोतिहारी घर भएका ३५ वर्षिय राकेशले निजगढ ९ स्थित कवाडी संचालक रमेश जयसवालको पसलमा कवाडीको सामान संकलन गर्ने काम गर्दैआएका थिए । उनीले नै रमेशको कवाडी पसलबाट उक्त विष्पोटक पदार्थ अटोरिक्सामा राखेर रोहित वर्कशपमा पु्याएका थिए ।
यसैबीच विष्पोटमा गंम्भीर घाइते बनेका अर्का भारत रामघडवाका १३ वर्षका अरबिन्द साहको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । उपचारको क्रममा चिकित्सकहरुव्दारा दाहिने हात र देब्र खुट्टा काटिएका उनकोे अवस्थामा केही सुधार आएको अरबिन्दका भिनाजु निजगढ ९ का महेन्द्र साहले जानकारी दिनुभएको छ ।