नियमित औैैषधी सेवन गर्नाले कुष्ठ रोग निको हुने चिकित्सक प्रकाश पौडेलले बताउनुभएको छ ।
वुधवार सिमरामा दि लेप्रोसी मिसन नेपालले आयोजना गरेको पत्रकारहरुसँगको कुष्ठरोग एवं सुरक्षा संरक्षण अभिमुखीकरण कार्यक्रममा डा. पौडेलले चेकजाँच गरी नियमित औषधि सेवन गर्नाले रोग नियन्त्रणमा आउने बताउनुभएको हो ।
बारा जिल्लामात्रै चालू आर्थिक वर्षसम्ममा ६३ जनामा संक्रमण पाइएको र पचरौता नगरपालिकामा सबैभन्दा धेरै ९ जना रोगी रहेको कार्यक्रममा जानकारी गराइएको थियो । देशभरिमा भने यो संख्या २ हजार ५ सय २२ रहेको पनि सो कार्यक्रममा बताइएको थियो । अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी, जिल्ला स्वास्थ्य कार्यालय बाराका कुष्ठ रोग निवारण अधिकृत शम्भुलाल कर्ण र दि लेप्रोसी मिसन नेपालका जिल्ला सहजकर्ता रामहरी रेग्मी लगायतले रोगको विभिन्न पक्षको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रम आईरिस एडको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।