बाराको करैयामाई गाउँपालिका ५ ढोडियामा प्रेम विवाह गरेको आरोपमा गाउँ निकाला गरिएका दिपक चौधरीले घरमा फर्किने वातावरण बनाइदिन माग गरेका छन ।
सामाजिक संञ्जालमा स्टाटस लेख्दै चौधरीले आफनो घरको अवस्था नाजुक रहेको र परिवारका सदस्य बिरामी परेकोले घर जान पाउनुपर्ने माग गरेका हुन । अभिभावकको मन्जुरी बिना ३ बर्ष अघि गाउँकै एक किशोरीसंग बिहे गरेका दिपकलाई गाउँलेले तोकेको ५ लाख जरिवान तिर्न नसक्दा गाउँ निकालाको सजाय दिइएको थियो । गाउँमा बसेको पन्चायतिले दिपकलाई ५ लाख जरिवाना तिर्न नसकेपछि २५ वर्षसम्मको लागि गाउँ निकाला गर्ने सजाय सुनाएको थियो । अधिकांश थारु समुदायको बसोबास रहेको डोडियामा अभिभावकहरुको मन्जुरी बिना भागी बिहे गर्ने जोडीलाई नगद जरिवाना तिराउने चलन छ ।
गाउँका भद्र भलादमीको पन्चायतीले तोकेको जरिवाना रकम तिर्न नसक्नेलाई गाउँ निकाला गर्ने गरेका छन । यता वडा सदस्य उमेस चौधरीले भने समाजले दिपकलाई अन्याय गरेको बताउनुभएको छ । उहाँले दिपकलाई गाउँमा पर्नस्थापना गर्न आफूले पहल गर्ने पनि बताउनुभएको छ । त्यसैगरी स्थानीय बासिन्दा एवं नेकपा ऐमालेका नेता बलवीर चौधरीले भने समाजमा विकृति आएको भन्दै परपंञ्चले दिपकको जोडीलाई गाउँ निकाला गर्ने जरिवाना गरेको हुनसक्ने प्रतिक्रिया दिनुभएको छ ।
वडा सदस्य द्धारिका राउतले भने पिडित पक्षले गाउँ समाजमा निवेदन दिएको अवस्थामा छलफल गरि निकास निकाल्ने प्रतिकृया दिनुभएको छ ।