पुर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको निजगढमा सडक २ घण्टा देखी सडक अवरुद्ध भएको छ ।
कारको ठक्कबाट स्थानिय महिला घाईते भएपछि पिडितका आफन्तले सो खण्ड अवरुद्ध गरेका छन् । सोमबार दिउसो ४बजे निजगढको सडकटोलको सडकमा साईकल यात्रीलाई कारले ठक्कर दिएर फरार भएपछी राजमार्गमा आई प्रहरी चौकी अगाडी प्रदर्शन गरेका छन ।
स्थानियले सवारी चालकलाई छिटो झिकाएर मादकपदार्थ सेवन चेकजाँच गर्न माग सहित प्रदर्शन गरिरहेकाछन । उनिहरुले सडकमा टायर सहित आगो बालेकाछन ।
यता घाईतेलाई निजगढ स्थित प्रसुती गृहमा उपचार पछि थप उपचारको लागी बिरगंज रिफर गरिएको ईलाका प्रहरी निजगढका प्रमुख घनश्याम श्रेष्ठले जानकारी भयो ।