बाराको निजगढ स्थित बकैया पुल छेउ बगरको पश्चिमी भागमा थुप्रिएको ढुङ्ग, गिटी, बालुवा र रुख हटाउने कार्य अझै पनि शुरु हुन सकेको छैन ।
निजगढमा बाढीको जोखिम कम गर्न नगरपालिका र सडक डिभिजन कार्यालयले गत वर्ष नै सो क्षेत्रको अध्ययन गरेर सो क्षेत्रमा उत्खनन गर्ने योजना बनाएको थियो । यसको लागि डिभिजन सडक कार्यालय हेटौडाले पनि अनुमति प्रदान गरिसकेको छ ।
नगरपालिका कार्यालयको अनुरोधमा जिल्ला विपद व्यवस्थापन समिति बाराले सो क्षेत्रको नदीजन्य पदार्थ हटाउन सडक डिभिजन कार्यालय, हेटौंडालाई गत वर्षको असोज महीनामा अनुमति प्रदान गरेको हो । निजगढ नगरपालिका र डिभिजन सडक कार्यालयका प्राविधिकहरुले गरेको प्रारम्भिक अध्ययनमा पुलमुनि पश्चिमपट्टी उत्तर–दक्षिणतर्फ दुुई सय मिटर लम्बाइ र ७०÷८० मिटर चौडाइ क्षेत्रमा थुप्रिएको नदीजन्य पदार्थ निकाल्नुपर्ने देखिएको सडक डिभिजन कार्यालय हेटौंडाबाट त्यतिबेला खटेका सबइन्जिनीयर दीपेशकुुमार साहले बताउनुभएको थियो ।