गायिका एलिना चौहानको वैवाहिक जीवन भत्किने अवस्थामा पुगेको छ। अस्ट्रेलिया बस्दै आएका बागलुङ निवासी विष्णु सापकोटा गत वैशाख ५ गते बिहे गरेकी एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन्
लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएपछि छुट्टिने निर्णय गरेकी एलिनाले विष्णुविरुद्ध वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गराएकी हुन् । मुद्दा दर्ता गराएको दिन पनि उनि आफ्नो प्रस्तुती दिन प्रथम निजगढ महोत्वसमा बाराको निजगढ पुगेकि थिईन ।