काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशत सेयर बोनस र सोको कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।


कुल ७.८९ प्रतिशत लाभांशमा १५ करोड ७८ लाख रुपैयाँ बराबर वितरण हुने कम्पनीले जनाएको छ । यो लाभांश नियामक बीमा प्राधिकरण र कम्पनीको साधारणसभाबाट स्वीकृतपश्चात वितरण हुनेछ ।