निजगढको गौरीशंकर क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनको सरगर्मी बढेको छ ।
यो सँगै सबैले आआफ्रनो प्यानलसहित चुनावमा हामिएका अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल विद्यार्थी संघले चुनाव प्रचारलाई तीव्र पारेसंगै क्याम्पसको चुनावको सरगर्मी बढेको हो । मतदाता विद्यार्थीहरुलाई आकर्षित गरेर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न अन्य विद्यार्थी संघठनहरुले विभिन्न चुनावी मुद्दा अघि सारिरहेको बेला अनेरास्ववियुले भने आफ्नो प्यानल महिला विद्यार्थी मैत्री र समावेशी भएको दाबी गरेको छ । सचिव पदकी उम्मेदवार प्रेक्षा उप्रेतीले अनेरास्ववियुबाट प्रतक्ष्यबाट चुनिने सचिव, कोषाध्यक्ष र ४ सदस्यमध्ये ३ जना महिलासहित ६५ प्रतिशत भन्दा बढी महिला विद्यार्थीलाई उम्मेदवार बनाएको र आफ्नो संघठन महिलामैत्री र समावेशी भएको बताउनुभयो ।


अनेरास्ववियुले प्रतक्ष्यबाट चुनिने सचिव सहित कोषाध्यक्षमा ललिला सापकोटा र सदस्यमा छात्राहरु सम्रिता श्रेष्ठ, नेहाकुमारी ठाकुर र नेहा कुवरलाई उम्मेदवार बनाएको हो । समानुपातिकतर्फका ३ उम्मेदवार मध्ये अनेरास्ववियुले ३ जान छात्रा र ३ जना छात्रलाई उम्मेदवार बनाएको छ ।
उता, नेविसंघले भने पदाधिकारीमा सचिव पदमा मात्रै छात्रा उम्मेदवार बनाएको छ । नेविसंघले सचिवमा प्रवाना लामालाई उम्मेदवार बनाएको छ ।
यता अखिल क्रान्तिकारीले भने पदाधिकारीमा कोषाध्यक्ष पदमा मात्रै छात्रा उम्मेदवार बनाएको छ । क्रान्तिकारीले स्मृति खरेललाई उम्मेदवार बनाएको हो ।
नेबिसंघ र क्रान्तिकारीले भने प्रतक्ष्यतर्फबाट चुनिने ५ जना सदस्यमध्ये २/२ जना महिलालाई मात्रै उम्मेदवार बनाएको छ ।
गौरीशंकर क्याम्पसमा ८० प्रतिशतभन्दा बढी महिला (छात्रा) रहेको अवस्थामा महिला उम्मेदवार बढी बनाएको अखिलको पक्षमा निर्वाचन परिणाम जानसक्ने देखिएको छ । शुरुवाती दिनमा गौरीशंकर क्याम्पस विषेसगरी छोरी र बुहारीको लागीनै भन्ने चर्चा थियो ।
विद्यार्थीको हक हितको लागी लामो समय देखि बालकृष्ण हुमगाईले सम्बन्धित ठाँउमा आवाज उठाईरहेको पुरानो भिडियो सामाजिक संजालमा भाईरल पनि भईरहेको छ ।