जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराले पुर्व पश्चिम राजमार्गको विभिन्न स्थानहरुमा रिफ्लेक्टिभ स्टिकर टाँसेको छ । सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रिफ्लेक्टिभ स्टिकर टाँसिएको जिल्ला ट्राफिक प्रहरीका प्रमुख दिपक केसीले जानकारी दिनुभयो ।


















