निजगढ, निजगढ नगरपालिका वडा नम्बर ८ मा बिहीवार नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ ।
भेलाका प्रमुख अतिथि एमाले पोलिटव्युरो सदस्य एवम पूर्वमन्त्री पुरुषोत्तम पौडेल रहनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्नु हुँदै नेता पौडेलले विकास, समृद्धि र बाह्य हस्तक्षेप नियन्त्रणका लागि आगामी निर्वाचनमा एमालेले जित्नै पर्ने धारणा व्यक्त गर्नुभयो ।
एमालेले बिगतमा पनि राम्रो काम गरेको र अब फेरि पहिलेको भन्दा पनि राम्रो कार्य गर्ने हुनाले उहाँले निर्वाचनमा एमाले उमेद्वाहरुलाई जिताउनु पर्ने बताउनुभयो । भेलामा एमालेको तर्फबाट संघीय सांसदमा समानुपातिकतर्फकी उम्मेदवार अन्जु नेपाली, एमाले मधेस प्रदेश कमिटी सदस्य सुदर्शन प्रसाद कोइराला, अम्बिका चौलागाई, दुर्गा कोइराला, बारा जिल्ला कमिटी सदस्य लिलादेबी लामिछाने खनाल, जिल्ला कमिटी सदस्य दिलबहादुर लामा, मुकुन्द राज लामिछाने, रामकृष्ण घिमिरे, मिरा पोखरेल, निजगढ नगर कमिटी अध्यक्ष सुरथ पुरी, उपाध्यक्ष भोलाप्रसाद गौतम लगायत कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रमका वक्तहरुले गठबन्धन सरकारबाट देशले निकाश नपाउने बताउदै अगामी चुनावमा एमालेलाई बहुमतका साथ बिजयी गराउन आग्रह गरेका थिए । कार्यक्रमको अध्यक्षता हरिमाया पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको संचालन पदमप्रसाद तिमल्सिनाले गर्नुभएको थियो ।