बाराको निजगढ ५ गैरी गाउँ स्थित मन्दिरमा शनिवार भगवान शिवको मूर्ति स्थापना गरिएको छ ।
केही समयअघि निर्माण गरिएको सो मन्दिरमा विशेष पूजा गरेर शिव भगवानको पूर्णकदको मूर्ति स्थापना गरिएको हो । शिवरात्रीको अवशर पारेर आयोजना गरिएको मूर्ति स्थापना कार्यक्रमा निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरी लगायत नगरका स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
यस मन्दिर निर्माणको निम्ति केहिसमय अघि टोलका युवाहरुले देउसी-भैलो खेलेर रकम जम्मा गरेको बताउछन स्थानिय समजसेवी मनोज कुमार सापकोटा ।
त्यस्तै निजगढको पुरानो निजगढ वडा नं ४मा रहेको महादेवको मन्दिर,७मा रहेको महादेवको मन्दिर र ९ मा रहेको महादेवको मन्दिरहरुमा शिवको पुजाआरधना गरिएको छ ।
यस अवसरमा आज मुलुकभर रहेका शिवालयमा पनि पूजा, रुद्राभिषेकसहित जल अर्पण गर्ने भक्तजनको लाम लाग्ने गर्छ । शिवलाई देवताका पनि देवता मानिने भएकाले महादेव भनिन्छ ।