नेपाल शिक्षक महासंघको आयोजनामा निजगढका सामुदायिक विद्यालयका शिक्षकहरुले आईतबार निजगढ नगरपालिकामा धर्ना दिएका छन । शिक्षकहरुले तीन घण्टा धर्नासहित नगर प्रमुख सुरथ पुरीलाई नेपाल सरकारसंग भएको सहमतिपत्रको छाँया प्रति पनि बुझाएका छन ।
नगरपालिकाको कार्यालय अगाडि बिहान ११ बजेदेखि २ बजेसम्म धर्ना दिएका शिक्षकले नेपाल सरकारसंग भएको ३० बुँदे र ५१ बुँदे सहमतिको छाँयाप्रति नगर प्रमुख पुरी र प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौलालाई बुझाएका हुन । नेपाल राष्ट्रिय शिक्षक संघठन निजगढ नगर कमिटी अध्यक्ष हस्तबहादुर लामा, नेपाल शिक्षक संघ नगर सभापती मुरारी घिमिरे र एकीकृत शिक्षक संघठनका कुलबहादुर अस्थानीले नगर प्रमुख पुरी र अधिकृत निरौलालाई संयुक्त रुपमा सहमतिको छाँया प्रति बुझाएका हुन ।
त्यसैगरी जीतपुरसिमरा, कोल्हबी, सिम्रौनगढ नगरपालिका लगायत जिल्लाका सबै पालिकामा शिक्षकहरुले धर्ना र छाया प्रति बुझाउने कार्य गरेको शिक्षक संघठनका अध्यक्ष एवंम सार्वजनिक मावि बागदेवका प्रअ हस्तबहादुर लामाले बताउनुभयो ।