मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजगढमा निर्माण हुन लागेको मानव धर्म समाजको आश्रम भवनको शिल्यान्यास गर्नुभएको छ ।
मुख्यमन्त्री यादवले समाजको निजगढ ९ स्थित जमिनमा निर्माण हुन लागको बारा जिल्लास्तरीय पक्की आश्रम भवनको हिजो शिल्यान्यास गर्नुभएको हो । शिल्यान्यास कार्यक्रममा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली, मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकका प्रमुख सरथ पुरी, जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेती, निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, महायज्ञ आयोजक मुल समितिका अध्यक्ष अम्बिका चौलगाईलगायत स्थानीय बासिन्दा र मानव धर्म समितिका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
यसअघि हिजो नै मुख्यमन्त्री यादवले आश्रम निर्माणको लागि ५० लाख रुपैया सहयोग गर्ने घोषणा गर्नुभएको छ । आश्रम निर्माणको लागि आयोजना गरिएको महायज्ञमा बोल्दै उहाँले सो रकम सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
महायज्ञमा हिजो साँझसम्म १ करोड ३० लाखभन्दा बढी दान रकम संकलन भएको आयोजक समितिकी सदस्य शान्ति ढुङ्गानाले जानकारी दिनुभएको छ ।