नेकपा एमाले मधेस प्रदेशको जनसङठन समन्वय समयन्त्र प्रमुखको जिम्मेवारी सचिव मनोज पौडेललाई दिइएको छ । नेकप एमाले मधेस प्रदेश कमिटीको चन्द्रनिगाहपुरमा बसेको दोस्रो बैठकले पौडेललाई सो जिम्मेवारी दिएको हो ।
सो जिम्मेवारीसँगै पौडेलले नेकपा एमालेको पौडेललाई बैठकले जनसंगठनको इन्चार्ज पनि तोकेको छ । योसँगै पौडेलले २३ वटा जनसंगठन हाक्ने जिम्मा पाउनुभएको छ । आफुले जिम्मेवारी पाएसँगै मधेस प्रदेशका एमालेका जनसंगठनलाई चुस्तदुरुस्त पार्दै यसलाई थप चलायमान बनाउने बताएका छन् । ‘मधेस प्रदेशमा नेकपा एमाले सबैभन्दा लोकप्रिय पार्टी हो । यसलाई अझै लोकप्रिय बनाउँदै ८४ मा एमालेको बहुमतको सरकार बनाउन जनसंगठनहरुलाई सक्रिय रुपमा जनजनमा परिचालित बनाउनेतर्फ मेरो प्राथमिकता हुनेछ’, उहाँले भन्नुभयो, ‘जनसंगठनहरुले अब पार्टीको मुद्धा सँगसँगै होइन जनताको पनि मुद्धा पहिलो प्राथमिकताको साथमा बोक्नुपर्छ ।
हामी मधेस प्रदेशमा एमालेका जनसंगठनलाई जनताको संगठन बनाउनेछौं ।’ सो बैठकले सङठन विभाग प्रमुखमा अध्यक्ष चन्देश्वर मण्डल, स्थानिय विकास विभागमा प्रमुखमा उपाध्यक्ष बिचारी यादव, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा उपसचिव आरती भण्डारी , आर्थिक विभाग प्रमुखमा उपसचिव महम्द कैसलाई जिम्मेवारी दिएको प्रदेश कमिटी सदस्य बिर बहादुर गोलेले जानकारी दिनुभयो ।
सोही बैठकले अन्य विभाग तथा मधेस प्रदेशका आठै जिल्लाका पालिका, प्रदेश सभा र प्रतिनिधी सभा क्षेत्रको इन्चार्जहरु पनि तोकेको गोलेको बताउनुभयो ।
सो जिम्मेवारीसँगै पौडेललाई बैठकले जनसंगठनको इन्चार्ज पनि तोकेको छ । योसँगै पौडेलले २३ वटा जनसंगठन हाक्ने जिम्मा पाउनुभएको छ ।