म एक साधारण नेपाली जनता हुँ साथसाथै घरको गार्जेन किसान पनि हुँ र एक संचारकर्मी , देशबिदेश चहारी सकेर नेपालमै बसेर केही गरौँ भन्ने सोच राखेर ५ बर्ष भयो लगातार घर बसाईको । मैले धेरै कुराहरूको शिक्षा पाएँ समाज को बारेमा पढेँ र आज मैले बास्त्वमा मैले के गर्न सक्छु र मैले समाजको गाउँको हित कसरी गर्न सकिन्छ र त्यसलाई ब्यवहारमा कसरी उतारने भन्ने चिन्तन मनन गरेर केही कुरामा कलम चलाएको छु ।
कलम समयको माग हो ।
मैले हाम्रो निजगढ नगरपालिका भित्र गाउँमा , नगरमा आजसम्म सकेको सहयोग सबैलाई गरेको छु र आज सम्म अन्याय कसैलाई पनि गरेको छैन मैले निजगढ नगरपालिका भित्रका समस्या परेका वडाका पनि कुरा पहिला बाट नै लेख्दै आएको छु , आजसम्म गलती गर्ने अन्याय गर्ने राजनीतिक कुनै पनि दललाई जोगाएर उसको पक्षमा लागेर लेखेको छैन र असल संचारकर्मीको भुमिकामै छु । झै झगडा झमेलामा जानी नजानी कहिँ कतै त सबैको भुल हुन्छन् नै त्यस्ता भुलको क्षमा याचना का साथै सुधृनु पर्छ भन्ने मान्यता राख्दछु । म ठान्दछु अन्याय गर्नु महापाप हो र कसैले कसैलाई कहिल्यै पनि अन्याय गर्नु हुँदैन ।
म सधैँ कृषकको हित चाहन्छु किसानलाई उच्च स्थानमा राख्न चाहन्छु किनकी म पनि एउटा किसान नै हुँ । किसान बिना संसार चल्दैन तेसैले कृषकको हितका लागि लडौँ एकपटक भन्ने सोच पनि आएको छ । र झनै म बस्ने गाउँ त कृषि क्षेत्र नै परेको छ तर विडम्बना यहाँ कृषक धेरै मारमा परेका छन् तर कुराले मात्रै प्रोत्साहन गर्ने आए कामले भने मांखो मारेनन तसर्थ कृषक उस्तै पिडामा । मलाई कृषकको हकमा वडा नम्बर ६ मा आफैंले वडा वासिको सेवा गरौँकी भन्ने पनि लागेकै छ । जनताको गहना अमुल्य मतले जितेर कमाउन र रमाउन तिर लाग्ने देशका हरेक जनप्रतिनिधि हरुले गर्दा आज देशका अधिकांश कृषक हरु अतिनै दुखित छन् । स्वयम् आफ्नो अधिकार समेत प्राप्त गर्न सकेका छैनन् तसर्थ हो हामी त्यही न्यायको खोजिमा लागौँ ।
कमसेकम असली किसानको परिचय दिदै कृषक मजबुत छ भन्ने साबित गरौँ । हो यिनै कुरा हरु हुन जुन मैले माथी बर्णन गरेँ र यसैमा जोड दिनु पर्छ र म सधैं कृषकको पक्षमा हुन्छु उभिने छु । र मैले कृषकको हितमा काम गर्ने किसानलाई साथ दिने त्यो अवसर तब जुट्छ जब मलाई तपाईं तमाम दाजुभाइ दिदिबहिनी आमाबाबु सबै सबैले बिश्वास गर्नु हुन्छ । हो त्यो बिश्वास बोकेर म जहिले कहिले हर समयमा पनि कृषकको हितमा लड्ने नै छु । यो मैले बोलेको सत्य वचन हो । र यदि म जस्तो समाजको हित चाहने युवा लाई बिश्वास गरेर केही गर्ने मौका गाउँ बासिले दिएमा समाजको गाउँको जनताको हितको लागि अब आउँदै गरेको स्थानीय चुनावमा खडा हुन हिम्मत पनि गर्दछु । कलमले लेखेका अक्षर हरुनै बोल्ने हुन । नमस्कार 🙏
सबैको जय होस ।