निजगढस्थित गौरीशंकर क्याम्पसको नवनिर्वाचित व्यवस्थापन समितिको पहिलो बैठकले ३ जनालाई व्यवस्थापन समितिको सदस्यमा मनोनयन गरेको छ ।
वुधबार बसेको समितिको पहिलो बैठकले शिक्षाप्रेमी, चन्दादाता र समाजसेवीबाट ३ सदस्यलाई मनोनयन गरेको हो । मनोनित हुनेमा रामजीप्रसाद बजगाई, मानबहादुर श्रेष्ठ र गणेश साह रहेका छन ।
क्याम्पस व्यवस्थापन समितिको गत शुक्रवार भएको निर्वाचनमा अध्यक्षमा एकबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको थियो भने सदस्यहरुमा प्रलाद शर्मा तिमल्सिना, मनोज रेग्मी, निशाकुमारी भण्डारी र रामकुमार शर्मा दहाल थिए । अध्यक्ष पदका अर्का प्रत्यासी रामचन्द्र जैसवालसंग बराबरी मत आएपछि भएको गोला प्रथाबाट श्रेष्ठ विजयी हुनुभएको हो ।
श्रेष्ठ र जैसवालले २९–२९ मत प्राप्त गरेका थिए । व्यवस्थापन समितिका पूर्वअध्यक्ष श्रेष्ठ लगातार चौथो कार्यकालको लागि अध्यक्षमा चुनिनुभएको हो ।