निजगढमा नगरपालिका सँग बालबालिका अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको छ ।
५९औं राष्ट्रिय बाल दिवसको अवसरमा गरिएको सो अन्तरक्रिया कार्यक्रममा निजगढका सबै सामुदायिक विद्यालय र संस्थागत विद्यालयका विद्यार्थीहरु र प्रतिनिधिको उपस्तिथी रहेको थियो ।
कार्यक्रमको प्रमुख अतिथीमा निजगढ नगरपालीकाको उप-प्रमुख सोममाता थिङ्ग रहनुभएको थियो । त्यस्तै अतिथीमा निजगढ नगरपालिका वडा नं ३का वडा अध्यक्ष गोकुल तिमल्सिना, वडा नं ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगर, वडा नं ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नं ९का वडा अध्यक्ष रामचन्द्र कटुवाल, वडा नं ११ का वडा अध्यक्ष सहइया गुरो थारु, वडा नं १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोले , कार्यपालिका सदस्य मैया सुनार र फुलमाया तामाङ्ग हुनुहुन्थ्यो भने कार्यक्रमको सभाअध्यक्ष प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले गर्नु भएको थियो ।
सो अन्तर्क्रिया कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा भोग्नु परेका समस्याहरु तथा शैक्षिक स्तर उन्नयनका लागि विभिन्न सुझाव तथा जिज्ञासाहरु राखिएको बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रोजी श्रेष्ठले प्रेसचित्रलाई जानकारी दिनुभयो । तेस्तै विद्यार्थीहरुले उठाएका जिज्ञासाहरु र प्रश्नहरुलाई सम्वोधन सहित प्रस्तुत समेत गरिएको थियो ।
कार्यक्रमको सहजिकरण योजना साखाका प्रमुख अजय कुमार उप्रेती गर्नुभएको थियो भने कार्यक्रम संचालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रोजी श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक विद्यालय र संस्थागत विद्यालयका १ सय ५० विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
त्यस्तै राष्ट्रिय बाल दिवसको अवसरमा निजगढ ७ स्थित सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयले विहान प्रभातफेरी समेत गरेको थियो ।